तपाईँ सुन्दै हुनुहुन्छः

माओवादीको तराई मधेस जागरण अभियान बारा, पर्सामा स्थगित 

वीरगञ्ज । नेकपा माओवादी केन्द्रको हुलाकी सडक केन्द्रित तराई मधेस जागरण अभियान अर्को सूचना नभएसम्मका लागि बारा, पर्सामा स्थगित भएको छ ।

झापाबाट सुरु भएको अभियान रौतहटमा जारी रहँदा विशेष कारणवस स्थगित गरिएको नेकपा माओवादी केन्द्रका उपमहासचिव तथा मधेस प्रदेश इन्चार्ज मातृका यादवले जानकारी दिनुभयो ।

राष्ट्रिय राजनीतिमा देखिएको नयाँ परिवेश अनुसार थप परिमार्जन गर्नुपर्ने भएकोले बारा र पर्साको अभियान भने अहिले स्थगित गरिएको यादवले बताउनुभयो । 

माओवादी अध्यक्ष प्रचण्ड सहितका नेताहरू आजै काठमाडौँ जानुपर्ने भएकोले अभियान हाललाई स्थगित भएको उहाँको भनाइ छ । 

पार्टीले भोलि ३ बजे पदाधिकारी बैठक समेत बोलाएको इन्चार्ज यादवले बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button