तपाईँ सुन्दै हुनुहुन्छः

महोत्तरीमा बस पल्टिँदा १५ यात्रु घाइते

महोत्तरी । महोत्तरीको महोत्तरी गाउँपालिका-५ गोरिगामामा आज शुक्रबार बस पल्टिँदा १५जनाभन्दा बढी यात्रु घाइते भएका छन् । गति अनियन्त्रित भई

ना३ख ८९९७ नं को यात्रुवाहक बस खेतमा पल्टिएर दुर्घटना भएको हो।

घाइतेहरूको उपचार प्रादेशिक अस्पताल जनकपुर तथा अन्य ठाउँमा  भइरहेको महोत्तरी प्रहरी प्रवक्ता डिएसपी सन्तुलाल प्रसाद जयसवालले जानकारी दिनुभएको  छ।

बस पल्टिएपछि चालक र सहचालक फरार  रहेकोमा प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता जयसवारले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button