तपाईँ सुन्दै हुनुहुन्छः

परराष्ट्रमन्त्री राणाद्वारा लुम्बिनी भ्रमण

लुम्बिनी । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले आज बुद्धजन्मस्थल लुम्बिनीको भ्रमण गर्नुभएको छ । उहाँलाई लुम्बिनी विकास कोषका उपाध्यक्ष डा ल्हारक्याल लामा (खेन्पो छिमे)ले स्वागत गर्नुभयो ।

मन्त्री राणाले मायादेवी मन्दिरको दर्शन, अशोक स्तम्भ तथा पुष्पकरणी पोखरीका बारेमा जानकारी लिनुभयो । उपाध्यक्ष डा लामाले लुम्बिनी विकास कोषले गरेका काम र विकासका बारेमा उहाँलाई जानकारी दिनुभएको थियो । मन्त्री राणासँगै लुम्बिनी प्रदेशका सहरी विकासमन्त्री सरोज थापा पनि सहभागी हुनुहुन्थ्यो ।

भ्रमणका अवसरमा लुम्बिनी विकास कोषका सदस्यसचिव सानुराजा शाक्य, कार्यकारिणी सदस्य श्याम रोक्का, राजेश शाक्यलगायतको सहभागिता रहेको थियो । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button