तपाईँ सुन्दै हुनुहुन्छः

भन्सार सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमाथि दफावार छलफल

काठमाडौँ । प्रतिनिधिसभा, अर्थ समितिमा आज भन्सार सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमाथि दफावार छलफल भएको छ ।

छलफलमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले राष्ट्रिय दृष्टिकोणले आवश्यक रहेको भन्सार सम्बन्धी कानुनलाई छिटोभन्दा छिटो निष्कर्षमा पुर्‍याउन समितिसमक्ष आग्रह गर्नुभयो ।

उहाँले बैङ्क तथा वित्तीय संस्था र धितोपत्र बोर्डसम्बन्धी विधेयक पनि समितिमा छलफल गरी चैत मसान्तभित्र टुङ्गोमा पुर्‍याउन आग्रह गर्नुभयो ।

बैठकमा समिति सभापति सन्तोष चालिसेले भन्सार सम्बन्धी कानुनमा एकसय ५५ बुँदा रहेकोमा ४१ बुँदामा संशोधन परेको जानकारी गराउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button