तपाईँ सुन्दै हुनुहुन्छः

सामाजिक सञ्जाल मार्फत अश्लील भिडियो पठाउने एकजना पक्राउ

 डडेल्धुरा । सामाजिक सञ्जाल मार्फत अश्लील भिडियो पठाउने एकजना पक्राउ परेका छन् । जिल्लाको अजयमेरु गाउँपालिका वडा न-६का नाबालक रहेको बुझिएको छ ।

 भारतको बैंग्लोर स्थित मणिपुरमा काम गर्दा त्यहाँकै स्थानीय ३४ वर्षिया महिला सँग निजको अनुचित सम्बन्ध रहेको र उक्त भिडियोहरू पटक–पटक म्यासेन्जर र ह्वाटस एपमा पठाउने गरेकोमा जिल्ला प्रहरी कार्यालय डडेल्धुरामा महिलाले दिएको उजुरी पछि पक्राउ गरिएको प्रहरी निरीक्षक डम्बर बहादुर बिष्टले बताउनुभयो । 

भारतीय महिलाले दिएको उजुरीको आधारमा जिल्ला अदालत डडेल्धुरा सँग ६ दिनको म्याद थप गरि घटनाका विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

पीडित महिला भने अहिले सुरक्षित आवास गृह (सेभ हाउस) मा बस्दै आउनुभएको डडेल्धुरा प्रहरीले जनाएको छ ।

 पछिल्लो पटक प्रहरीमै दर्ता भएको यो पहिलो घटना भएको र कहिले काँहि फेसबुक ह्याक भएका घटनाहरु प्रहरीमा बढी आइरहने निरीक्षक बिष्टले बताउनुभयो । प्रहरीले साइबर अपराधका विषयमा समुदाय प्रहरी साझेदारी कार्यक्रम मार्फत विद्यालय तथा समुदायमा कार्यक्रमहरू गरिरहेको पनि जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button