तपाईँ सुन्दै हुनुहुन्छः

गृहमन्त्री लेखकद्वारा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण

रुपन्देही । गृहमन्त्री रमेश लेखकले रुपन्देही जिल्लाको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण गर्नुभएको छ । 

 गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण तथा अवलोकन गर्दै गृहमन्त्री लेखकले गौतम बुद्ध विमानस्थलबाट पर्यटन क्षेत्रको प्रवर्द्धन भई नेपालको आर्थिक विकासमा टेवा पुग्ने बताउनुभयो ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको अवलोकन तथा निरीक्षणपछि गृहमन्त्री लेखकले भन्नुभयो, ‘गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको अवलोकन गरेका छौँ । त्यहाँको अध्यागमनको अवस्था, आवतजावतको स्थिति, सर-सुविधा, व्यवस्थापन, सरसफाई के कस्तो छ भन्ने कुरा हेरेर आएका छौँ ।’

उहाँले विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुचारु भएको बताउनुभयो । ‘अहिले मलाई बडो खुसी लागेको छ’उहाँले भन्नुभयो‘एक दिनमा चारवटा उडान भइरहेको रहेछ, मानिसको आवतजावत पनि बढेको छ ।’

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलले प्रचुर सम्भावना बोकेको बताउनुहुँदै गृहमन्त्री लेखकले यस पर्यटन प्रवर्द्धन भई देशले आर्थिक समृद्धि हासिल गर्ने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button