तपाईँ सुन्दै हुनुहुन्छः

रारामा व्यापक हिमपात, बेसीमा वर्षा

मुगु । मुगुको प्रसिद्ध रारा क्षेत्रमा व्यापक हिमपात भएको छ। पछिल्ला केही दिनदेखि निरन्तर जारी हिउँदे वर्षासँगै रारा ताल वरपर बाक्लो हिमपात भएको हो। गए रातीदेखि वर्षासँगै हिमपात भएको हो ।  हिउँ खेल्ने र हिउँसँग रमाउने रारा आएका पर्यटकहरूलाई हिमपातले उत्साहित बनाएको छ ।  

स्थानीयवासीका अनुसार, हिमपातका कारण जनजीवन प्रभावित भएको छ। विशेष गरी, यात्रुहरूलाई कठिनाइ भएको छ भने चिसोका कारण जनावरहरू समेत प्रभावित भएका छन्।

यस वर्षको हिमपातले पर्यटक आगमनमा केही सामान्य असर पारेको भए पनि, रारा तालको प्राकृतिक सौन्दर्य अझै मनमोहक देखिएको छ। हाल हिमपात जारी भए सँगै राराको सेताम्य दृश्यले पर्यटक तथा फोटो खिच्ने पारखीहरूलाई आकर्षित गरिरहेको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार अझै केही दिन उच्च हिमाली भेगमा हिमपातको सम्भावना रहेको छ। 

प्रतिक्रिया राख्नुहोस्

Back to top button