महाशिवरात्रि तथा सेना दिवस-२०८१ सैनिक मञ्च, टुँडिखेलमा मनाइयो

काठमाडौँ । सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रमुख सुरक्षा अङ्ग नेपाली सेनाले आफ्नो स्थापनाको २६२ औँ वार्षिकोत्सवका अवसरमा बुधबार मुलुकभर सेना दिवस मनाइरहेको छ । शिवरात्रि तथा सेना दिवसका अवसरमा नेपाली सेनाले सैनिक मञ्च टुँडिखेलमा पनि भव्य रुपमा सेना दिवस मनाएको छ ।

नेपाली सेनाका परमाधिपति समेत रहनुभएका राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा सेनाले परेड तथा तोप बढाइँ, कवाजलगायत विविध सांस्कृतिक कार्यक्रम सञ्चालन गरेको थियो ।

कार्यक्रममा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली लगायतको उपस्थित रहेको थियो ।





प्रतिक्रिया राख्नुहोस्