तपाईँ सुन्दै हुनुहुन्छः

कोहलपुरमा अवैध रूपमा ल्याइएका ८०० चल्ला नष्ट

बाँके । बाँकेको कोहलपुर नगरपालिका वडा नं. ११ पुरानो बसपार्क नजिक भारतबाट अवैध रूपमा निकासी–पैठारी गरी ल्याइएका नौ कार्टुनमा रहेका ८०० गोटा बोइलर कुखुराका चल्ला बेवारिसे अवस्थामा फेला परेका छन्।

इलाका प्रहरी कार्यालय कोहलपुरका अनुसार ती चल्लाहरू बजारमा ‘गिरिराज’ नाम दिएर बेच्ने उद्देश्यले राखिएका थिए। प्रहरीको टोलीले ती चल्लाहरू बरामद गरेपछि कोहलपुर–११ का जनप्रतिनिधि, स्थानीयबासी तथा सञ्चारकर्मीको रोहवरमा नष्ट गरिएको छ।

भारतबाट अवैध रूपमा ल्याइएका पशुपंक्षी तथा मासुजन्य वस्तुहरू रोग सङ्क्रमणको जोखिम हुन सक्ने भन्दै सुरक्षाका उपायस्वरूप नष्ट गरिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button