चितवन राष्ट्रिय निकुञ्जमा गैँडा मृत फेला

चितवन । चितवन राष्ट्रिय निकुञ्जको पश्चिम सेक्टरमा ७ वर्षको पोथी गैँडा मृत फेला परेको छ ।
कावासोतीको कृष्णसार र गुन्द्रही ढकाहा वनको सिमानामा शनिबार दिउँसो गैँडा मृत फेला परेको निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरले जानकारी दिनुभयो । थापाका अनुसार मृत गैँडामा पुरानो घाउ देखिएको छ ।
अर्को गैँडासँग जुधेर घाइते भई बिरामी परेर गैँडा मरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ । मृत गैँडाको खाग र खुर सुरक्षित रहेको निकुञ्जले जनाएको छ ।
प्रतिक्रिया राख्नुहोस्