अर्थ समिति बैठक: भन्सार विधेयकलाई करमैत्री बनाउनुपर्नेमा सांसदहरूको जोड

काठमाडौँ । प्रतिनिधिसभा अर्थ समितिको बैठकमा भन्सार सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमाथि छलफल भएको छ ।
समितिको आजको बैठकमा सांसदहरुले भन्सार विधेयकलाई करमैत्री बनाउनुपर्ने धारणा राख्नुभयो ।
छलफलमा समिति सदस्यहरुले यूएसएड अन्तर्गत नेपालमा आएको अनुदान र सहयोगको दुरुपयोग भएको भन्ने विषय अत्यन्त संवेदनशील रहेको भन्दै त्यसको खर्च विवरण जनतासामु आउनुपर्ने धारणा राख्नुभयो ।
यसैगरी बैठकमा अन्तर्राष्ट्रिय सहयोगको प्रक्रिया र परिपाटीको आफ्नै विशेषता र मान्यता रहेको भन्दै अमेरिकी राष्ट्रपतिको अभिव्यक्ति समितिमा छलफल गर्नुभन्दा वास्तविकताको खोजी गर्नुपर्ने धारणा राख्नुभयो ।
प्रतिक्रिया राख्नुहोस्