तपाईँ सुन्दै हुनुहुन्छः

डडेल्धुरामा आयुर्वेद उपचारप्रति बिरामीको आकर्षण बढ्दो

डडेल्धुरा । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र डडेल्धुरामा अहिले उपचार गर्न आउने विभिन्न स्वास्थ्य समस्याका बिरामीहरू दिनप्रतिदिन बढिरहेका छन् । सुदूरपश्चिम प्रदेश सरकार सामाजिक विकास मन्त्रालय अन्तर्गत सञ्चालित केन्द्रमा दैनिक २५ देखि ३० जनाले उपचार सेवा लिइरहेका जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र डडेल्धुराका कार्यालय प्रमुख कविराज निरीक्षक निशान्त शर्माले जानकारी दिनुभयो । 

कुनै समयमा आयुर्वेदबाट स्वास्थ्य सेवा लिन बिरामीहरू न आउने गरेकोमा अहिले सेवा समेत विस्तार भएपछि अल्ट्रासाउण्ड सेवा, पञ्चकर्म,पूर्व कर्म, योग सेवा,बाथ, स्त्रीरोग सेवा लगाएतका सेवाहरू प्रदान भइरहेको कार्यालयले जनाएको छ । कविराज निरीक्षक शर्माले भन्नुभयो “कतिपय बिरामीहरूले विभिन्न अस्पतालमा गएर उपचार गराउँदा समेत सञ्चो नभएपछि हामी कहाँ आएर सञ्चो भएका सेवा ग्राहीहरू पनि छन् । ”

कार्यालयमा अहिले ११ जना कर्मचारी कार्यरत रहेका छन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button