तपाईँ सुन्दै हुनुहुन्छः

पत्रकार  पौडेलको स्मृतिमा त्रिभुवन स्मृति कप हुने

पोखरा । नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य, पत्रकार महासङ्घ गण्डकी प्रदेशका संस्थापक अध्यक्ष तथा परिवर्तन युवा क्लबका सल्लाहकार स्व.त्रिभुवन पौडेलको स्मृतिमा प्रथम त्रिभुवन स्मृति कप फाइभ ए साइड फुटबल प्रतियोगिता २०८१ हुने भएको छ । 

पोखरा महानगरपालिका वडा न. २२ को ठुलिविडीमा यही फागुन १६ गतेदेखि उक्त प्रतियोगिता हुने भएको शनिबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराइयो ।

उक्त प्रतियोगिता ठुलिविडीको सिम्लेपाखा खेलमैदानमा यही फागुन १८ गतेसम्म सञ्चालन हुने तयारी गरिएको प्रतियोगिताका संयोजक सुदिप बरालले बताउनुभयो । 

परिवर्तन युवा क्लबको आयोजनामा हुने प्रतियोगिताको विजेताले ५५ हजार ५ सय ५५ रुपैयाँ, उपविजेताले २५ हजार ५ सय ५५ नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने भएको छ । त्यस्तै विद्यागत तर्फ उत्कृष्ट खेलाडी, गोलकर्ता र उत्कृष्ट गोल रक्षकलाई समेत पुरस्कार प्रदान गरिने भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button