तपाईँ सुन्दै हुनुहुन्छः

‘पछाडि परेको वर्गको राज्यमा उचित सहभागिताका लागि संविधान संशोधन जरुरी’

जनकपुरधाम । जनता समाजवादी पार्टीका अध्यक्ष अशोक कुमार राईले मुलुकमा पछाडि परेका वर्गका उत्थानका लागि संविधानमा संशोधन जरुरी रहेको बताउनुभएको छ । 

पार्टीका अध्यक्ष राईले पार्टीको मधेश प्रदेश स्तरीय अगुवा कार्यकर्ता भेलाको आज जनकपुरधाममा उद्घाटन गर्दै मुलुकमा रहेको विभेदको अन्त्य गरेर समतामूलक समाजको निर्माणका लागि विगतमा विभिन्न प्रकारको आन्दोलन भएको बताउनुभयो ।

पार्टीका सह–अध्यक्ष रेणु यादवले विगतको मधेश तथा आदिवासीको आन्दोलनको मर्म अनुसार संविधान संशोधन आवश्यक भएको बताउनुभयो । 

भेला आयोजक समितिका संयोजक डा. विरेन्द्र महतोको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीका नेता एवं खानेपानी मन्त्री प्रदीप यादव सहितका नेताहरू उपस्थित रहनुभएको थियो । भेलाबाट पार्टीका प्रदेश अध्यक्षमा अशोक यादवको अध्यक्षतामा प्रदेश समिति चयन भएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button