बिहे भोज गएका दुई समूह बीच झडप : घाइते एक जनाको उपचारको क्रममा मृत्यु
बाजुरा । बाजुराको बुढीगंगा नगरपालिका–८ मोटाबाडामा बिहेको निम्तोमा गएका दुई समूह बीच झडप हुँदा घाइते एक जनाको उपचारको क्रममा मृत्यु भएको छ ।
मृत्यु हुनेमा बुढीगंगा नगरपालिका–८ डुग्रीतोलाका २९ बर्षिया रणबहादुर थापा रहेका छन् ।
बिहीबार राति बिहेको निम्तो मान्न गएका दुई समुहबीच दोहोरो झडप भएको थियो । झडपमा गम्भीर घाइते भएका थापाको उपचारका क्रममा अछामको बयालपाटा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी जनक बोहोराले जानकारी दिनुभयो ।
उहाँका अनुसार घटनामा संलग्न रहेको आरोपमा तीन जनालाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा ल्याइएको र घटनाबारे थप अनुसन्धान भइरहेको छ ।
पक्राउ परेका बुढीगंगा नगरपालिका–७ बाईलका दीर्घ विष्ट, खेम विष्ट र लोकेन्द्र खड्कामाथि अनुसन्धान थालिएको र मृतक थापालाई बयालपाटा अस्पतालबाट पोष्टमाटमको लागि जिल्ला अस्पताल ल्याउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्