नेपालको संविधान र मुलुकको राज्यव्यवस्था प्रति दलहरू प्रतिबद्ध: महामन्त्री थापा

विराटनगर । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले नेपालको संविधान र मुलुकको राज्यव्यवस्था प्रति दलहरू प्रतिबद्ध भएकाले यसलाई कसैले उल्टाउन नसक्ने बताउनुभएको छ ।
विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरागर्दै उहाँले धेरै विषयमा दलहरू बिच विचार फरक भएपनि संविधान र व्यवस्थाप्रति सरकारमा सहभागी दल तथा सरकार बाहिर रहेका दलहरूको धारणा एउटै रहेको प्रष्ट पार्नुभयो ।
नेपाली जनताले अनुभूति गरि सकेको लोकतन्त्र र प्रजातन्त्रको विकल्प कसैले नखोजे हुन्छ भन्नुहुँदै उहाँले यो विषयमा बहस गर्ने कुरा नेपाली नागरिकको भरोसा र विश्वासलाई गिज्याउनु मात्र हो भन्नुभयो । उहाँले
एक प्रश्नमा उहाँले फागुन–७ गते पुर्वराजाले दिएको वक्तव्य प्रति टिका टिप्पणी गर्नु आवश्यक नभएको बताउनुभयो । मुलुकमा गणतन्त्र स्थापना भएपछि पूर्व राजाको हैसियत नेपाली नागरिक सरह भएकाले यो व्यवस्थामा पूर्व राजालाई नागरिक सरह आफ्नो विचार राख्ने स्वतन्त्रता रहेको उहाँको भनाई थियो । पूर्व राजाले यस्तो विचार वर्षौँदेखि राख्दै आएकाले यसलाई सामान्य रुपमा लिनुपर्ने उहाँले बताउनुभयो ।
एक अर्को प्रश्नमा उहाँले तोकिएकै मितिमा नेपाली कांग्रेसको महाधिवेशन हुने बताउनुभयो । महाधिवेशनका लागि पार्टी भित्र प्रक्रिया शुरु भइसकेकाले तोकिएको समयमा महाधिवेशन हुने उहाँको भनाई थियो ।
उहाँले महाधिवेशन नियमित प्रक्रिया भएको र नेपाली कांग्रेस संसदमा सबैभन्दा ठुला पार्टी समेत भएकाले अव पार्टीले जनतालाई केन्द्र विन्दुमा राखेर काम गर्न सक्नुपर्ने बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्