तपाईँ सुन्दै हुनुहुन्छः

बागमती प्रदेश मन्त्रिपरिषद्को निर्णय: कर्मचारी बढुवा देखी पदस्थापन र भ्रमण आदेश

मकवानपुर । बागमती प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशका दुई कर्मचारीको बढुवा तथा पदस्थापन गर्ने निर्णय गरेको छ। शुक्रबार (आज)बसेको बैठकले संघीय सरकारबाट सरुवा भई आएका सहसचिव उदय राना मगरलाई प्रदेश युवा तथा खेलकुद मन्त्रालयको सचिव पदमा खटाउने निर्णय गरेको छ।

त्यस्तै, पूर्वाधार विकास कार्यालय ललितपुरमा कार्यरत उपसचिव स्तरका सिनियर डिभिजनल इन्जिनियर नवीन सिंहलाई कार्यसम्पादन तथा योग्यताको आधारमा ११औँ तह (सचिव) मा बढुवा गर्ने निर्णय भएको सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछानेले जानकारी दिनुभएको छ ।

त्यस्तै बैठकले मण्डन देउपुर नगरपालिका र जापानको फँजी नोमिरा शहरबीच भगिनी सम्बन्ध स्थापनाका लागि संघीय सरकारमा सिफारिस गर्ने, फागुन २० गते मनाइने लदी पर्वको अवसरमा माझी समुदायका लागि मात्र सार्वजनिक बिदा दिने।,वन डढेलो सम्बन्धी अध्ययन तथा अनुगमनका लागि प्रदेश वन तथा वातावरण मन्त्रालयका सचिव केशव बराललाई अस्ट्रेलिया भ्रमण अनुमति दिने निर्णय गरेको छ।

 उद्योग, वाणिज्य तथा प्रशासन मन्त्रालयको प्रविधि हस्तान्तरण कार्यविधि तथा तालिम सञ्चालनसम्बन्धी कार्यविधि २०८१ स्वीकृत गर्ने र प्रदेश चलचित्रसम्बन्धी विधेयक संसदमा दर्ता गराउने निर्णय गरेको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button