भाजपा नेता गुप्ताद्वारा दिल्लीको मुख्यमन्त्रीका रूपमा सपथ ग्रहण, प्रधानमन्त्री मोदीद्वारा बधाई

नयाँ दिल्ली । भारतीय जनता पार्टी (भाजपा) की विधायक रेखा गुप्ताले बिहीबार दिल्लीको मुख्यमन्त्री पदको शपथ ग्रहण गर्नुभएको छ ।
शपथ ग्रहण समारोहमा प्रधानमन्त्री मोदीका अलावा भाजपाका अन्य नेताहरू पनि उपस्थित हुनुभएको थियो । समारोहमा प्रधानमन्त्री नरेन्द्र मोदी, संघीय गृहमन्त्री अमित शाह, युनियन मन्त्री जेपी नड्डा, रक्षामन्त्री राजनाथ सिंहलगायत भारतीय जनता पार्टीका शीर्ष नेता, अन्य राज्यका मुख्यमन्त्री र उपमुख्यमन्त्रीहरू उपस्थित थिए।

दिल्लीको रामलीला मैदानमा आयोजित एक समारोहमा दिल्लीका उपराज्यपाल विनय कुमार सक्सेनाले गुप्तालाई पद तथा गोपनीयताको शपथ दिलाउनुभएको थियो ।
समारोहमा मुख्यमन्त्री गुप्ताले सपथ ग्रहण गरेसँगै उहाँको मन्त्रीमण्डलमा भाजपाका प्रवेश वर्मा, मनजिन्दर सिंह सिरसा, रविन्द्र इन्द्रराज सिंह, आशिष सूद, कपिल मिश्रा र पंकज कुमार सिंहले मन्त्री पदको सपथ लिनुभएको छ ।
राष्ट्रपति द्रोपदी मुर्मूले गुप्तालाई मुख्यमन्त्रीको रूपमा औपचारिक जानकारी गराउँदै गृह मन्त्रालयले राजपत्रमा जारी गरेको सूचनामा भनिएको छ, “गुप्तालाई सङ्घीय राजधानी क्षेत्र दिल्लीको मुख्यमन्त्रीको रूपमा नियुक्त हुनुभएको छ । मैले उहाँलाई दिल्लीको जिम्मेवारी सुम्पिन पाउँदा निकै खुशी लागेको छ । नियुक्ति शपथ लिएको मितिदेखि लागू हुनेछ।”
७० सदस्यीय दिल्ली विधान सभामा भाजपाले ४८ सिट जितेको छ ।
सांसद रेखा गुप्ताले यो ‘चमत्कार’ र ‘नयाँ अध्याय’ भएको र यसले राजनीतिमा महिलाका लागि परिवर्तनकारी अध्यायको सुरुवात गरेको बताउनुभएको छ । पत्रकारसँग कुरा गर्दै गुप्ताले भ्रष्टाचारीलाई जबाफदेही बनाउने प्रतिबद्धता व्यक्त गर्दै हरेक रुपैयाँको दुरुपयोगको जवाफ उनीहरूले दिनुपर्ने बताउनुभयो ।

“यो एक चमत्कार हो, यो एक नयाँ प्रेरणा र नयाँ अध्याय हो। यदि म मुख्यमन्त्री बन्न सक्छु भने यसको अर्थ सबै महिलाका लागि बाटो खुला छ ।”
उहाँले आफ्नो नेतृत्वमा रहने सरकारले जो कोही भ्रष्टाचारी भए पनि एक–एक रुपैयाँको हिसाब किताब माग्ने बताउनुभयो ।
साथै, उहाँले भारतीय जनता पार्टीको उच्च नेतृत्वप्रति कृतज्ञता व्यक्त गर्दै राष्ट्रिय राजधानीमा शासन गर्न आफूमाथि विश्वास गरेकोमा आभार व्यक्त गर्नुभयो । यो ठूलो जिम्मेवारी हो । ममाथि विश्वास गरेको प्रधानमन्त्री मोदी र भाजपाको उच्च नेतृत्वलाई धन्यवाद दिन चाहन्छु ।
उहाँले भन्नुभयो, “मैले आफ्नो नेतृत्वको जिम्मेदारीको पूरा ईमानदारीका साथ पूरा गर्नेछु । मेरो पहिलो प्राथमिकता हाम्रो पार्टीले गरेका सबै प्रतिबद्धताहरू पूरा गर्नु हो र दोस्रो प्राथमिकता भनेको हाम्रा सबै ४८ विधायकहरूले टिम मोदीको रूपमा काम गर्नेछन्।”
यसअघि, भारतीय जनता पार्टी (भाजपा) का नवनिर्वाचित विधायकहरूको बैठकले रेखा गुप्तालाई विधायक दलको नेतामा चयन गरेको थियो ।
यसैबीच, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गुप्ताको तल्लो तहको देखि महत्वपूर्ण राजनीतिदेखि मुख्यमन्त्री पदसम्मको यात्राबारे प्रकाश पार्दै उहाँको नेतृत्वमाथि विश्वास व्यक्त गर्नुभएको छ ।
प्रधानमन्त्री मोदीले भन्नुभएको छ, “गुप्ताजीलाई दिल्लीको मुख्यमन्त्री को रूपमा शपथ लिनुभएकोमा बधाई । उहाँ क्याम्पसको राजनीति, राज्य सङ्गठन, नगरपालिका प्रशासन र अहिले विधायक र मुख्यमन्त्रीमा सक्रिय हुनुहुन्छ। मलाई विश्वास छ, उहाँले दिल्लीको विकासका लागि पूर्ण उत्साहका साथ काम गर्नुहुनेछ । फलदायी कार्यकालका लागि उहाँलाई मेरो शुभकामना ।” रासस
प्रतिक्रिया राख्नुहोस्