तपाईँ सुन्दै हुनुहुन्छः

मुलुकलाई समृद्धि र सुशासनको यात्रामा अगाडि बढाउन वर्तमान सत्ता समीकरण : मन्त्री लेखक

भक्तपुर । गृहमन्त्री रमेश लेखकले मुलुकलाई समृद्धि र सुशासनको यात्रामा अगाडि बढाउन वर्तमान सत्ता समीकरण बनेको बताउनुभएको छ ।

आज भक्तपुरको बोडेमा नेपाल वित्तीय संस्था कर्मचारी सङ्घको आठौँ राष्ट्रिय परिषद्को उद्घाटन गर्दै उहाँले मुलुकमा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको उद्देश्य पूरा गर्न सरकार लागिरहेको बताउनुभयो ।

गृहमन्त्री लेखकले देशमा व्यवसायीक वातावरण बनाउन, अवसरहरू सृजना गर्न, देशमा सुशासन कायम गर्न, सेवा प्रवाहलाई दुरुस्त बनाउन, कानूनी र नीतिगत झमेला समाप्त गर्न सरकारले अध्यादेश ल्याएको बताउनुभयो ।

अध्यादेशले देशलाई अग्रगमनमा लैजाने र यो सदनबाट पारित हुने मन्त्री लेखकले बताउनुभयो ।

देशको आवश्यकताका आधारमा सरकारले अध्यादेश ल्याएको बताउँदै उहाँले यो सदनबाट पारित हुने बताउनुभयो ।

राजनीतिक स्थिरताका लागि वर्तमान संविधानलाई असफल पार्ने छुट कसैलाई नभएको बताउनुहुँदै  समय र आवश्यकता अनुसार संविधान  संशोधन गरेर जानु पर्ने बताउनुभयो । 

eQmk’/, * kmfu’g M u[xdGqL /d]z n]vs cfh lalxaf/ eQmk’/l:yt af]8]df g]kfn ljQLo ;+:yf sd{rf/L ;+3sf] cf7f}+ /fli6«o kl/ifbsf] pb3f6g sfo{qmddf ;xeflu x’b} . tl:j/ M /d]z lu/L, /f;;

उहाँले संविधानलाई धार्मिक ग्रन्थको रुपमा लिएर चलाउनै हुँदैन भन्यो भने असफल हुने बताउँदै संविधान संशोधन गर्दा प्रतिगमनमा जान्छ भन्ने ठान्नु नै गलत भएको टिप्पणी गर्नुभयो ।

विगतका संविधान असफल भएपनि यो संविधानलाई असफल पार्ने छुट कसैलाई नभएको बताउनु भयो ।

दलहरुबीच बृहत् छलफल गरेर र राजनीतिक दलहरूको बीचमा राष्ट्रिय सहमति बनाएर संविधान संशोधन गर्न सकिने उहाँको भनाई थियो ।

७० वर्षको अन्तरालमा सात वटा संविधान जारी भएको भन्दै अहिलेको संविधानलाई असफल पार्न हुँदैन भन्नुभयो ।

संविधान चलायमान र जीवन्त दस्ताबेज भएको चर्चा गर्दै उहाँले संविधान जारी भएको १० वर्ष भएको दर्वियानमा संविधानका सबल र दुर्बल पक्षहरू के–के रहे ? त्यसको पहिचान गर्नुपर्ने बताउनुभयो ।

संविधान संशोधनका लागि कांग्रेस र एमालेबीच कार्यदल बनाउन सहमति भइसकेको भन्दै उहाँले केही दिनमा कार्यदलमा को–को बस्ने टुङ्गो लगाएर कार्यदलले कार्य थाल्ने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button