तपाईँ सुन्दै हुनुहुन्छः

भद्रपुर झापा गोल्ड कप : झापा ११ क्वार्टर फाइनलमा

भद्रपुर, झापा । सौर्य एअर ओम साई पाथिभरा हस्पिटल गम्भीर राई स्मृति संस्करण भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा झापा ११ फुटबल क्लव विजयी भएको छ ।

भद्रपुरस्थित मेची रंगशालामा भएको प्रतिस्पर्धात्मक खेलमा मछिन्द्र क्लव काठमाडौँलाई ० का विरुद्ध १ गोलले पराजित गर्दै झापा ११ क्वार्टर फाइनलमा प्रवेश गरेको हो ।

खेलको २९ औं मिनेटमा झापा ११ का तर्फबाट जर्सी नं १६ का बबिन बोहोराले गोल गरे । मछिन्द्रले उत्कृष्ट अवसर सिर्जना गरे पनि गोलमा परिणत गर्न नसकेपछि हार व्यहोर्यो ।

खेलको प्लेयर अफ द म्याच विजेता टिमका सन्दिप लिम्बू भए । उनले नगद २१ हजारसहित ट्रफी पाए । उनलाई सौजन्यकर्ता चण्डीराज पराजुलीको परिवारले पुरस्कार प्रदान गर्यो ।

मोफसलकै प्रतिष्ठित र लोकप्रिय प्रतियोगिता भद्रपुर झापा गोल्डकपको मुख्य प्रायोजक सौर्य एयरलाइन्स तथा ओम साई पाथिभरा हस्पिटल भद्रपुर रहेका छन् ।

भोलिको पहिलो पहिलो क्वार्टर फाइनल खेल आयोजक भद्रपुर ब्लेजर्र्स र नेपाल पुलिस क्लवबीच हुने आयोजक भद्रपुर झापा गोल्ड कपका अध्यक्ष दिपेश ढकालले जानकारी दिनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button