तपाईँ सुन्दै हुनुहुन्छः

पूर्वाधार विकास समिति बैठक: जलस्रोत विधेयकमाथि दफावार छलफल  

काठमाडौँ I प्रतिनिधिसभाको पूर्वाधार विकास समितिमा जलस्रोत विधेयक २०८१ माथि आज पनि दफावार छलफल भएको छ ।

समितिको सिंहदरबारमा बसेको बैठकमा सांसदहरुले जलविद्युत आयोजना निर्माण गर्दाका मापदण्ड, जल उत्पन्न प्रकोपहरूको व्यवस्थापन, बाँध निर्माण र सुरक्षाका सम्बन्धमा  विधेयकले स्पष्ट पार्नुपर्नेमा जोड दिनुभयो ।

सांसदहरुले जलस्रोतको संरक्षण र विकासमा जोड दिँदै जल उत्पन्न विपद् सामना गर्न विद्युतीय प्रणालीमा आधारित जलस्रोतसम्बन्धी तथ्याङ्क  र पूर्वसूचना प्रणालीलाई पनि विधेयकले समेट्नुपर्ने संशोधन प्रस्तुत गर्नुभयो ।

बैठकमा ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्काले जलस्रोतको उचित प्रयोग, संरक्षण र विकासलाई ध्यान दिने गरी ल्याइएको विधेयक समृद्ध बनाएर पारित गर्न समितिलाई आग्रह गर्नुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button