तपाईँ सुन्दै हुनुहुन्छः

तीन सय ५१ ग्राम ब्राउन सुगरसहित भारतीय नागरिक पक्राउ

नेपालगन्ज । बाँके जिल्लामा ३५१ ग्राम लागुऔषध ब्राउन सुगरसहित एक भारतीय नागरिक पक्राउ परेका छन्। वडा प्रहरी कार्यालय नेपालगन्जबाट खटिएको प्रहरी टोलीले नेपालगन्ज उपमहानगरपालिका वडा नं. २१ स्थित महाराजा स्कुल नजिक भारतीय नागरिकलाई पक्राउ गरेको हो।

पक्राउ पर्ने व्यक्तिको पहिचान नानपाराका ३१ वर्षीय बिशाल अहमदको रूपमा भएको छ। उनलाई ५१ ग्राम ब्राउन सुगरसहित नियन्त्रणमा लिएको जानकारी प्रहरी उपरीक्षक तुलबहादुर कार्कीले दिनुभयाे। साथै, अहमदसँग यूपी ३२ एमएस २६१८ नम्बरको मोटरसाइकल र सात हजार पाँच सय रुपैयाँ पनि बरामद गरिएको प्रहरीले जनाएको छ।

प्रहरीले उक्त घटनामा ३५१ ग्राम ब्राउन सुगर बरामद गरेको दाबी गर्दै हालसम्मकै सबैभन्दा बढी मुल्य बराबरको लागुऔषध नियन्त्रणमा लिन सफल भएको बताएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button