तपाईँ सुन्दै हुनुहुन्छः

एथलेटिक्स टोली पाकिस्तान जाने

काठमाडौँ । दक्षिण एसियाली एथलेटिक्स क्रस कन्ट्री च्याम्पियनसिपमा सहभागी हुन पाँच खेलाडीसहित सात सदस्यीय नेपाली टोली बिहीबार पाकिस्तानको इस्लामाबाद प्रस्थान गर्ने भएको छ ।

यही फागुन ११ गते हुने उक्त प्रतियोगिताको सिनियरमा दुई र जुनियरमा तीन गरी पाँच पुरुष खेलाडी सहभागी हुँदैछन् । सिनियर खेलाडीमा सुशीलकुमार शाही र सञ्जय श्रेष्ठ छन् भने जुनियरमा बादल कार्की, अजय विक र कृष्णबहादुर परियारले भाग लिनेछन् ।

सिनियरमा १० किलोमिटर तथा जुनियरमा आठ किलोमिटर दूरीमा प्रतिस्पर्धा हुनेछ । नेपालले सिनियरमा व्यक्तिगत तथा जुनियरमा व्यक्तिगत र टिम इभेन्टमा सहभागिता जनाउने जनाइएको छ ।

प्रशिक्षकमा विमला रानामगर तथा व्यवस्थापकमा भीमकुमारी भुसाल रहेका छन् । टोलीलाई राष्ट्रिय खेलकुद परिषद् ९राखेप० का सदस्य सचिव टङ्कलाल घिसिङले आज यहाँ आयोजित एक कार्यक्रममा सफलताको शुभकामना दिँदै बिदाइ गर्नुभयो । उहाँले प्रतियोगिता भनेको खेलाडीले प्रशिक्षणमा गरेको तयारीलाई प्रमाणित गर्ने अवसर भएको बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button