तपाईँ सुन्दै हुनुहुन्छः

‘प्रदेश अस्पतालले जनताको विश्वास बढ्ने गरी काम गर्नुपर्छ’

काँक्रेविहार (सुर्खेत) । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले प्रदेश अस्पतालले जनताको विश्वास बढ्ने गरी काम गर्नुपर्ने बताउनुभएको छ । 

आज प्रदेश अस्पताल सुर्खेतको १९औँ स्थापना दिवसलाई सम्बोधन गर्दै उहाँले राम्रो सेवा पाउँदा मात्र सरकारको काम जनताले बुझ्ने भएकाले जिम्मेवारीपूर्वक काममा लाग्न निर्देशन दिनुभयो । 

कर्णाली प्रदेश सरकारले समग्र कर्णाली प्रदेशको स्वास्थ्य क्षेत्र सुधार गर्ने योजनामा सरकारले काम गरिरहेको मुख्यमन्त्री कँडेलले उल्लेख गनुभयो । कर्णाली प्रदेशका सबै क्षेत्रका विकास निर्माणका काम अघि बढिरहेको हुनाले केही समयमा कर्णाली समुन्नत हुने उहाँको भनाइ थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button