प्रेस चौतारी सिन्धुपाल्चोकको अध्यक्षमा आचार्य
सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जिल्लाको सुकुटेमा प्रेस चौतारी नेपाल जिल्ला शाखा सिन्धुपाल्चोकको छैटौँ अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट सर्वसम्मत रुपमा अध्यक्षमा बिदुर आचार्य निर्वाचित हुनुभयो । आचार्य यसभन्दा अघि पनि अध्यक्ष रहनुभएको थियो ।

समितिको उपाध्यक्ष सागर खड्का, महिला उपाध्यक्ष गोमा केसी, सचिवमा दिपिन ढुङ्गाना, उप सचिवमा सुशील सुवेदी, समावेशी उप सचिवमा सुनिता लामा र कोषाध्यक्षमा विशाल आचार्य निर्वाचित हुनुभयो ।
त्यस्तै सदस्यहरूमा जनार्दन नेपाल, प्रमिला विक, सहदेव ढुङ्गाना, मधु सुदन ढुङ्गाना रहनुभएको छ । अधिवेशनले प्रदेश प्रतिनिधिहरूमा देवराज सुवेदी र यज्ञ दंगाल र सागर खडका, केन्द्रिय प्रतिनिधिमा माधव नेपाल र टीका सुवेदीलाई छनोट गरिएको प्रेस चौतारीका अध्यक्ष आचार्यले बताउनुभयो ।
नेकपा एमालेका स्थायी कमिटी सदस्य शेरबहादुर तामाङ र चौतारीका महासचिव हिरामान लामाले अधिवेशनको उद्घाटन गर्नुभएको थियो ।
चौतारीले अधिवेशनको अवसरमा नेपाल पत्रकार महासङ्घ सिन्धुपाल्चोकको मङ्सिर २८ मा सम्पन्न निर्वाचनबाट निर्वाचित ध्रुव दंगाल नेतृत्वको समितिलाई सम्मान गरेको थियो ।
प्रतिक्रिया राख्नुहोस्