तपाईँ सुन्दै हुनुहुन्छः

कोहलपुरमा ७ औँ उपमेयर कप छात्रा क्रिकेट प्रतियोगिता सुरु

बाँके । ७ औँ उपमेयर कप छात्रा क्रिकेट प्रतियोगिता–२०८१ आजबाट सुरु भएको छ । प्रतियोगिताको कोहलपुर नगरपालिका नगर प्रमुख पूर्णप्रसाद आचार्य र उप–प्रमुख संगीता सुवेदीले गर्नुभयो ।

त्यस अवसरमा मेयर आचार्यले यु–१९ उपमेयर कप छात्रा क्रिकेट प्रतियोगिता नगरपालिका मात्र नभई क्रमशः देशको पहिचानका रुपमा अघि बढिरहेको बताउनुभयो । उहाँले छात्रा क्रिकेट प्रतियोगिता आउने दिनहरूमा अझ थप व्यवस्थित रुपमा अघि लैजाने जानकारी दिनुभयो। 

महिला क्रिकेटर उत्पादनका लागि उपमेयर कप छात्रा क्रिकेट प्रतियोगिता उपयोगी रहने कोहलपुर नगरपालिकाका उपप्रमुख संगीता सुवेदीले जानकारी दिनुभयो। महिला क्रिकेटरको उर्वर भूमिका रूपमा चिनिएको बाँकेमा विगतदेखि प्रतियोगिता सञ्चालन हुँदै ७ औँ संस्करण सम्म आएको उहाँले बताउनुभयो।

नगर खेलकुद समितिका अध्यक्ष चक्र चिमालाले खेलकुद मनोरञ्जनको साधन मात्र नभई व्यक्तित्व विकास, अनुशासन तथा स्वस्थ रहन मद्दत पुग्ने जानकारी दिनुभयो । अहिले नेपालमा क्रिकेट खेल प्रतिको रुचि बढेको बताउँदै उहाँले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडीहरू उत्पादन गर्न प्रतियोगिताले सहयोग गर्ने बताउनुभयो।  

प्रतियोगितामा १९ वटा विद्यालय सहभागी रहेका छन् । त्रिभुवन नमुना मावि, कोहलपुर बागेश्वरी मावि, जनज्योति मावि,वस्टन मावि , गोरखा युनाइटेड पब्लिक मावि, सगरमाथा गानकुञ्ज मावि, लिटिल एन्जल मावि, ज्ञान ज्योति मावि चप्परगौडी, जनता मावि, सेन्चुरी मावि, बाल सैनिक मावि, कृष्ण मावि, पञ्चमुखी मावि, नमुना मावि, ग्रिन पिस मावि,लक्ष्मी मावि,एभरेष्ट सैनिक र बागेश्वरी एकेडेमी प्रतियोगितामा सहभागी रहेका छन् ।

प्रतियोगिताको प्रथम पुरस्कार ३५ हजार र २५ हजार बराबरको क्रिकेट किट, दोस्रो पुरस्कार २० हजार र १५ हजार बराबरको क्रिकेट किट रहेको छ । यस्तै प्लेयर अफ द सिरिज ७ हजार ५ सय, वेस्ट वेटर ५ हजार, वेस्ट बलर ५ हजार र एक पिस क्रिकेट सुज र उदीयमान एक जना खेलाडीलाई एक पिस क्रिकेट सुज पुरस्कार प्रदान गरिने भएको हो। प्रतियोगितामा उत्कृष्ट ५ जना खेलाडीलाई क्रिकेट एकेडेमीमा निःशुल्क प्रशिक्षणको व्यवस्था गरिने भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button