मुख्यमन्त्री सिंह सहितको टोलीद्वारा वीरगन्जका निजी अस्पतालको अनुगमन,
वीरगन्ज । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले वीरगञ्जको प्रतिमा चोकस्थित इण्डो नेपाल हस्पिटल बन्द गर्न निर्देशन दिनुभएको छ ।

आम नागरिकको स्वास्थ्यमा खेलबाड गर्दै जनकपुरमा अवैध रुपमा सञ्चालित दर्जनौँ निजी अस्पतालहरू भेटिएसँगै वीरगन्जका एक दर्जन बढी निजी अस्पतालहरूको पनि मुख्यमन्त्री सिंहले आकस्मिक अनुगमन गर्नुभएको हो ।

अनुगमनमा रहेको मुख्यमन्त्री सहित मधेस प्रदेशको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको टोलीले आज वीरगन्जका अस्पतालहरूको निरीक्षणको क्रममा ईण्डो नेपाल अस्पताल अनुमति नलिई सञ्चालन गरेको भेटिएपछि अस्पतालमा उपचार गराइरहेका बिरामीको अन्यत्र स्थानान्तरण गरी पूर्ण रुपमा बन्द गर्न मुख्यमन्त्री सिंहले निर्देशन दिनुभयो ।
अनुगमनको क्रममा भवानी अस्पतालबाट निस्किने फोहोर मैलाको छुट्टै व्यवस्थापन गर्न पनि मुख्यमन्त्री सिंहले निर्देशन दिनुभयो ।
प्रतिक्रिया राख्नुहोस्