परासीमा पहिलो पटक मौलिक खाना महोत्सव हुँदै
नवलपरासी,पश्चिम् । पश्चिम नवलपरासीमा पहिलो पटक आगामी फागुन १२ र १३ गते दुई दिवसीय रामग्राम खाना महोत्सव हुने भएको छ । परासीमा आयोजित पत्रकार सम्मेलनमा उक्त जानकारी दिइएको हो ।

स्थानीय आदिवासी जनजाति महासङ्घ रामग्राम नगर समितिद्वारा आयोजित पहिलो रामग्राम खाना महोत्सव परासी स्थित घण्टाघर चोक देखी बाइपास रोड सम्म करिब १ सय खाना सम्बन्धी स्टल रहने छन् ।
विशेष गरी उक्त खाना महोत्सवमा आधुनिकता भन्दा पनि मौलिकता झल्कने गरी खानाको परिकार साथै विभिन्न भेषभुषा प्रदर्शनी गर्ने गरी स्टलहरूको व्यवस्थापन गर्ने योजना रहेको कार्यक्रम मूल समारोह व्यवस्थापन समितिका संयोजक अविनाश रेग्मीले जानकारी दिनुभयो ।
महोत्सवको मुख्य लक्ष्य नाफा मैत्री नभई खानाका परिकार मार्फत मौलिकता यसैगरी विविध समुदायको पहिचान झल्काउने मुख्य उद्देश्य रहेको महोत्सव मूल आयोजक समितिका संयोजक अशोक श्रेष्ठले जानकारी दिनुभयो ।
सबै खाना सम्बन्धी स्टललाई निःशुल्क रुपैयाँ उपलब्ध गराइने महोत्सवमा मुख्य आर्थिक सहयोगीको रुपमा रामग्राम नगरपालिका रहेको छ । उक्त महोत्सवमा इन्दिरा जोशी , प्रमोद अग्रहरी लगायतका राष्ट्रिय कलाकारहरूको प्रस्तुती रहने पत्रकार सम्मेलनका अध्यक्ष भवानी शङ्कर चौधरीले जानकारी दिनुभयो । दुई दिवसीय प्रथम रामग्राम खाना महोत्सवमा करिब १० हजार जना व्यक्तिहरूले खाना महोत्सवमा अवलोकन गर्ने लक्ष्य रहेको आयोजकले जनाएको छ ।
प्रतिक्रिया राख्नुहोस्