तपाईँ सुन्दै हुनुहुन्छः

कञ्चनपुरको लालझाडीमा जङ्गली हात्ती मृत फेला

कञ्चनपुर। कञ्चनपुरको लालझाडी गाउँपालिकामा एक जङ्गली हात्ती मृत अवस्थामा फेला परेको छ । बुधबार बिहान ७ बजेतिर लालझाडी गाउँपालिका वडा नम्बर ४ को जाई र पर्सिया गाउँको बीचमा रहेको सडक किनारमा हात्ती मृत भेटिएको हो । स्थानीय बासिन्दाले मृत हात्ती देखेपछि प्रहरी र वन कार्यालयलाई खबर गर्नुभएको थियो । 

डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख वरिष्ठ डिभिजन वन अधिकृत राम बिचारी ठाकुरले घटनाको पुष्टि गर्दै हात्तीको मृत्युको कारण पत्ता लगाउन प्राविधिक टोली घटनास्थलमा पठाइएको जानकारी दिनुभयो । मृत हात्ती शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज-लालझाडी कोरिडोर क्षेत्रमा भेटिएकोले यसको मृत्युको कारण पहिचान गर्न प्राविधिक टोली सक्रिय भएको छ । हात्तीको मृत्यु प्राकृतिक कारणले भएको हो वा अन्य कुनै कारणले भन्ने विषयमा अनुसन्धान भइरहेको डिभिजन वन कार्यालयले जनाएको छ ।

गत असोजदेखि जङ्गली हात्तीको समूहले लालझाडी क्षेत्रमा मानव बस्ती, भौतिक संरचना तथा अन्नबालीमा क्षति पु¥याउँदै आएको छ । हात्तीको आक्रमणका कारण स्थानीय बासिन्दा ५ महिनायता त्रासमा रहेका बेला एक जङ्गली हात्ती मृत फेला परेपछि थप त्रासको वातावरण सिर्जना भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button