केपी ओली फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक
काठमाडौँ । अर्को साता सुरु हुने केपी ओली फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ ।
आहा! रारा पोखरा गोल्डकप विजेता उज्बेकिस्तानको ब्ल्याक बुल्स एफसी र एपिएफबिच उद्घाटन खेल हुनेछ । त्यो खेलको विजेताले क्वाटर फाइनलमा सङ्कटा क्लबको सामना गर्नेछ । नेपाल युवा सङ्घले आयोजना गर्ने प्रतियोगितामा २ विदेशीसहित ९ टोलीको सहभागिता रहनेछ ।
फागुन १२ र १३ गते समान २ खेल हुनेछन् । फागुन १२ गते त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल पुलिस क्लब बिच प्रतिस्पर्धा हुनेछ । त्यसै दिन आयोजक टोली केपी ओली एफसी र एनआरटीबिच खेल हुनेछ ।
फागुन १३ गते सङ्कटा र उद्घाटन खेलको विजेता तथा मच्छिन्द्र फुटबल क्लब र भुटानको एफसी ट्रान्सफर युनाइटेडबीच हुनेछ । सेमिफाइनल फागुन १६ र १७ गते तथा फाइनल १९ गते हुनेछ ।
सेमिफाइनल र फाइनल खेल त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा तथा अन्य खेल सातदोबाटो स्थित एन्फा कम्प्लेक्सको मैदानमा हुनेछ ।
प्रतिक्रिया राख्नुहोस्