राष्ट्र बैङ्कको शाखा कार्यालयअघि लघुवित्त पीडितको धर्ना
रुपन्देही । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकामा रहेको नेपाल राष्ट्र बैङ्कको शाखा कार्यालयअघि लघुवित्त तथा वित्तीय शोषण विरुद्धको सङ्घर्ष समिति नेपालले धर्ना कार्यक्रम गरेका छन् ।

लघुवित्त तथा वित्तीय शोषण विरुद्धको सङ्घर्ष समिति नेपाल लुम्बिनी प्रदेश अध्यक्ष बद्री देवानले अशिक्षित महिलाहरूलाई दर्जनौँ लघुवित्त संस्थामा सदस्य बनाउने र लगानी गर्ने कामको नियमन सरकारले नगरेकाले आज यो अवस्था सृजना भएको बताउनुभयो ।
उक्त धर्ना २ दिन भएको थियो । धर्नामा लुम्बिनी प्रदेशका विभिन्न जिल्लाका पीडितहरूको उपस्थिति रहेको थियो । उनीहरूका अनुसार लघुवित्त संस्थालाई ब्याजको रकम तिर्दातिर्दै धेरै मानिस घरबारविहीन भएका छन् ।
नेपाल राष्ट्र बैङ्क भैरहवा शाखाका प्रमुखलाई समेत आज उनीहरूले सरकारको ध्यानाकर्षण गराउन ज्ञापनपत्र बुझाएका थिए ।
प्रतिक्रिया राख्नुहोस्