प्रजातन्त्र दिवसको अवसरमा सरसफाइ र वृक्षारोपण (फोटोफिचर)

काठमाडाैँ । राष्ट्रिय प्रजातन्त्र दिवस, २०८१ को अवसरमा आज सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल र नेपाल टेलिभिजन परिसरमा सरसफाइ तथा वृक्षारोपण गरिएको छ ।
वृक्षारोपणको शुभारम्भ गर्नुहुँदै सार्वजनिक सेवा प्रसारण नेपालका कार्यकारी अध्यक्ष डा महेन्द्र बिष्टले २००७ सालमा आएको प्रजातन्त्रले मुलुकमा राजनीतिक, सामाजिक र आर्थिक स्वतन्त्रता प्राप्तिमा महत्वपूर्ण योगदान पुर्याएको बताउनुभयो ।

उहाँले अहिले मुलुक संघीय लोकतान्त्रिक गणतन्त्र आई पुग्नुमा पनि सात सालको प्रजातान्त्रिक आन्दोलनको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै गणतन्त्रलाई सफल बनाउन सार्वजनिक सेवा प्रसारण नेपालको योगदान महत्वपूर्ण हुने भएकाले सबै कर्मचारीलाई सोही अनुसार दायित्व निर्वाह गर्न आग्रह गर्नुभयो ।




















तस्बीर: मिलन ढुङ्गाना
प्रतिक्रिया राख्नुहोस्