तपाईँ सुन्दै हुनुहुन्छः

प्रतिनिधि सभा बैठक: समसामयिक विषयमा सरकारको ध्यानाकर्षण 

काठमाडाैँ । प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरुले भारतमा अध्ययनरत छात्रा प्रकृति लम्सालको शङ्कास्पद मृत्युको घटनाका सम्बन्धमा उच्चस्तरीय कूटनीतिक संवादका माध्यमबाट छानविन गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ । 

बैठकको शून्य र आकस्मिक समयमा सांसदहरु छविलाल विश्वकर्मा, ठाकुर गैरे, माधव सापकोटा, प्रभु शाह, धु्रब बहादुर प्रधान, शान्ति विकलगायतले प्रकृति लम्सालको मृत्युपछि विरोधमा उत्रिएका नेपाली विद्यार्थीमाथि गरिएको दुर्व्यवहार शैय नहुने भन्दै घटनाको  सत्यतथ्य छानबिन गरी मृतक छात्रालाई उचित न्याय प्रदान सरकारले पहल कदमी लिनुपर्नेमा जोड दिनुभयो । 

बैठकमा सांसदहरुले पछिल्लो समय सडक दुर्घटना बढेकाले यसलाई न्यूनीकरण  गर्न  सडकको स्तरोन्नति गरिनुपर्ने, सवारी साधनको अवस्था चेकजाँच गरिनुपर्ने र  सवारी साधन अनुमतिपत्रको समेत चेकजाँच गरिनुपर्ने लगायतका समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button