तपाईँ सुन्दै हुनुहुन्छः

मधेशका ८५ प्रतिशत छात्राले लगाए एचपीभी खोप 

जनकपुरधाम । मधेश प्रदेशका जिल्लाहरूमा महिलाहरूको पाठेघरको मुखमा लाग्ने क्यान्सर रोग विरुद्धको एचपीभी खोप लिने किशोरीहरूको सङ्ख्या ८५ प्रतिशत पुगेको छ ।

नेपाल सरकारले निःशुल्क रुपमा प्रदान गरेको एचपिभि खोप लिनेमा रौतहट जिल्ला सबै भन्दा बढी अर्थात् ९९ सय प्रतिशत रहेको स्वास्थ्य निर्देशनालयका खोप सम्पर्क व्यक्ति एवं खोप अधिकृत लक्ष्मेश्वर झाले जानकारी दिनुभएको हो ।

रौतहट जिल्लामा रहेको ४९ हजार २ सय ६९ जना किशोरी मध्ये ४८ हजार ८ सय २१ जनाले खोप लिएको जानकारी दिनु भएको हो । सबै भन्दा कम खोप धनुषा जिल्लामा लिएको छ । धनुषा जिल्लामा रहेका ५६ हजार २ सय ८२ जना किशोरी मध्ये ४१ हजार ४ सय ४३ जनाले हिजो सम्ममा खोप लिएका छन् ।

यसै गरि सप्तरी जिल्लामा ८९ प्रतिशतले खोप लिएका छन् । उक्त जिल्लामा रहेका ३६ हजार ७ सय १ जना किशोरी मध्ये ३२ हजार ५ सय ५३ जनाले खोप लगाएका छन् । सिरहा जिल्लामा ८२ प्रतिशत अर्थात् ४५ हजार ४ सय ६२ जना मध्ये ३६ हजार ३ सय ४७ जनाले खोप लगाएको मधेश प्रदेशका स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ ।

महोत्तरी जिल्लामा ४५ हजार ४ सय ६४ किशोरी रहेकोमा ३७ हजार ८ सय ७९ जनाले खोप लगाएका छन् भने सर्लाही जिल्लामा ९६ प्रतिशतले खोप लिएका छन् । सर्लाहीमा ५१ हजार ७ सय २४ लक्षित छात्रा मध्ये ४४ हजार ५ सय ५ जनाले खोप लगाएका छन् ।

बारा जिल्लामा ८१ प्रतिशतले खोप लिएका छन् । वारामा ४५ हजार ५ सय ३५ किशोरी मध्ये ३६ हजार ९ सय ८३ जनाले खोप लगाएका छन् भने पर्सा जिल्लामा ८९ प्रतिशतले खोप लिएका तथ्याङ्क रहेको छ । पर्सा जिल्लामा ३८ हजार ६ सय ८६ मध्ये ३४ हजार २ सय ५६ जनाले खोप लिएको स्वास्थ्य निर्देशनालयको तथ्याङ्कमा रहेको छ ।

मधेश प्रदेशमा विभिन्न विद्यालयहरूले उपलब्ध गराएको तथ्याङ्क मध्ये ८५ प्रतिशत अर्थात् ३ लाख १३ हजार ७ सय ७७ जनाले हिजोसम्म खोप लिएका छन् ।  

यता विद्यालय बाहिर भएका १० वर्ष देखि १४ वर्षका किशोरीलाई आज पनि एचपिभिको खोप सम्बन्धि स्वास्थ्य संस्थाहरूमा दिने काम जारी नै रहेको छ । छुट भएकाहरूलाई स्वास्थ्य संस्थामा लाउनका लागि आग्रह गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button