तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानमन्त्री ओलीद्वारा टरिगाउँ विमानस्थल अवलोकन

दाङ । प्रधानमन्त्री केपी शर्मा ओलीले दाङको तुलसीपुरस्थित टरिगाउँ विमानस्थलको अवलोकन गर्नुभएको छ । आज विमानस्थलको अवलोकन गर्दै उहाँले विमानस्थल सञ्चालन र स्तरोन्नतिका लागि  आगामी वर्ष बजेट विनियोजन गर्ने प्रतिबद्धता जनाउनुभयो । 

“यस वर्ष विमानस्थलका लागि बजेट छुट्याइएको छैन । आगामी वर्ष बजेट छुट्याएर स्तरोन्नति गर्नेछौँ”, प्रधानमन्त्री ओलीले भन्नुभयो । 

प्रधानमन्त्रीसँगै नेकपा (एमाले) महासचिव शङ्कर पोखरेल, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य, राष्ट्रियसभाका पूर्वसदस्य कोमल वलीलगायतले विमानस्थल अवलोकन गर्नुभयो । 

आजै प्रधानमन्त्री ओलीले तुलसीपुरस्थित कोमल रिसोर्टको पनि उद्घाटन गर्नुभएको छ । राष्ट्रियसभाका पूर्वसदस्य कोमल वलीले उक्त रिसोर्ट सञ्चालनमा ल्याउनुभएको हो । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button