कुम्भ मेला स्नान गर्न गएका तिर्थालु सवार गाडी दुर्घटना, तीन जनाको मृत्यु
रुपन्देही। रुपन्देहीको देवदहबाट भारतको कुम्भ मेला स्नान गर्न गएका तिर्थालु सवार गाडी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा देवदह नगरपालिका वडा नं ९ निवासी ४५ वर्षीय गणेश खनाल, उनकी श्रीमती ३५ वर्षीया दिपा खनाल र ४० वर्षीया गीता शर्मा रहेको देव दहका पूर्व वडाध्यक्ष केशव भट्टराईले जानकारी दिनुभयो ।
कुम्भमेलाबाट फर्किँदै गर्दा गए राती भारत उत्तर प्रदेशको आजमगढ बाराणसी रोडको डिभाइडरमा ठोक्किएर गाडी दुर्घटना भएको हो । दुर्घटना परी सवारी चालकसहित पाँच जना घाइते भएका छन् । घाइते हुनेहरूमा देवदह-९ भलुहीकी कोपिला पोखरेल, उनका छोरा सुभम पोखरेल, आविष्कार पराजुली, यमकलादेवी मगर र सवारी चालक भारतीय नागरिक रितेश दुबे रहेका छन् । उनीहरुलाई स्थानीय अस्पतालमा सामान्य उपचारपछि थप उपचारको लागि गोरखपुर पठाइएको भारतीय प्रहरीलाई उदृत गर्दै एक भारतीय सञ्चारकर्मीले जानकारी दिएका छन् ।
युपी ५३ एफ डी ४२८८ नम्बरको भारतीय गाडी डिभाइडरमा ठोक्किएर अनियन्त्रित भई दुर्घटना भएको हो । गाडी चालक निदाएर दुर्घटना भएको हुनसक्ने भारतीय प्रहरीको प्रारम्भिक अनुमान छ । देव दहको भलुही ९ र १० का ३५ जनाले ५ वटा गाडी लिएर गएकोमा त्यो गाडी दुर्घटना भएको पूर्व वडाध्यक्ष केशव भट्टराईले बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्