तोरी खेतीतर्फ आकर्षित हुँदै भद्रपुरका किसान
भद्रपुर (झापा) । झापाको भद्रपुर नगरपालिकाले तेलहन खेती प्रवद्र्धन कार्यक्रम अघि सारेपछि स्थानीय किसानहरु तोरी खेतीतर्फ आकर्षित भएका छन् ।
नगरपालिकाका कृषि विकास अधिकृत सुमन विमलीले पाँच हजार एक सय कट्ठा जमिनमा तोरी खेतीका लागि एक सय ४२ कृषक, कृषक समूह र कृषि सहकारीले आवेदन दिएको जानकारी दिनुभयो ।
चालु आव २०८१÷८२ मा नगरपालिकाले प्रतिकट्ठा एक हजार अनुदान दिने योजना ल्याएको छ । स्थानीय तहले जग्गा वर्गीकरण पछि वास्तविक किसानलाई मात्र अनुदान प्रदान गरिने व्यवस्था गरिएको छ ।
भद्रपुर–१ किचकबधका किसान चन्द्र सुब्बाले अनुदान रकम बढेकाले थप १० कट्ठा जमिनमा तोरी खेती विस्तार गरेको बताउनुभयो ।
नगरपालिकाका अनुसार आर्थिक वर्ष २०७९÷८० मा न्यूनतम १० कट्ठा तोरी खेती गर्ने किसानलाई प्रतिकट्ठा छ सय अनुदान दिने नीति अवलम्बन गरिएपछि तोरी खेतीको क्षेत्रफल क्रमशः बढिरहेको छ ।
प्रतिक्रिया राख्नुहोस्