तपाईँ सुन्दै हुनुहुन्छः

जनकपुरधाममा मिथिला सङ्ग्रहालयको निर्माण

जनकपुरधाम । मैथिली विकास कोषको ७ करोड रुपैयाँ भन्दा बढीको लागतमा भवनको निर्माण सम्पन्न भएको छ ।

जनकपुरधामको वडा नंं ८ मा मधेश प्रदेश सरकारको ७ करोड भन्दा बढीको लगानीमा चार तल्लाको आकर्षक एवं अत्याधुनिक भवन निर्माण हुनुका साथै भवन भित्र मिथिलाको कला संस्कृति, साहित्य झल्किने सङ्ग्रहालयको निर्माण भइरहेको कोषका अध्यक्ष जीवनाथ चौधरीले जानकारी दिनुभयो । 

भवनभित्र ३ सय जना अटाउने नाटक घर, पुस्तकालय, मैथिलीको अडियो तथा भिडियो निर्माण गर्ने अत्याधुनिक स्टुडियो, साना हल तथा कार्यकक्षहरू रहेको कोषले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button