सरकारको स्थायित्वबाटै विकास र समृद्धि : उपप्रधानमन्त्री सिंह
रुपन्देही । उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले राजनीतिक स्थायित्व दिएर समृद्धि बनाउनका लागि अहिलेको गठबन्धन भएकाले कुनै सानो समस्याले यताउता नहुने बताउनुभएको छ ।

बुटवल उपमहानगरको स्थापना दिवसका अवसरमा शनिबार आयोजित कार्यक्रममा उहाँले नागरिकमा बढेको निराशा हटाउन र देशमा विकास र समृद्धि ल्याउनका लागि यो सरकारले काम गर्ने बताउनुभयो ।
उहाँले सधैँ अस्थिर सरकार बनेकाले समस्यामा परिरहेको सबैलाई थाहा भएको जनाउनुभयो । ‘सरकार कति समयसम्म बस्छ कसैलाई ठेगान नहुने भनेर आवाज उठिरहेको थियो, यो गठबन्धनबाट बनेको सरकार कसैलाई कुर्सीमा जानका लागि मात्रै बनेको होइन, देशको चाहनाअनुसार जनताको चाहना पूरा गर्नका लागि बनेको हो, यो कसैका कारण समस्यामा पर्दैन ।’
प्रतिक्रिया राख्नुहोस्