पोखरा भ्रमण वर्षको उद्घाटन गर्ने क्रममा बेलुन पड्किएर अर्थमन्त्री र पोखराका मेयर घाइते
कास्की । पोखरा भ्रमण वर्ष २०२५ को घोषणा सभामा उद्घाटन गर्न बेलुन उडाउने क्रममा बेलुनहरू पट्कँदा अर्थ मन्त्री विष्णुप्रसाद पौडेल र पोखराका मेयर धनराज आचार्य घाइते भएका छन् ।
पानसमा बालिएको बत्तीले उडाउन लागेको बेलुन छोए पछि बेलुनमा आगलागी भएको थियो । पोखरा भ्रमण वर्ष २०२५ को उद्घाटन गर्ने क्रममा बेलुन पड्किएर अर्थमन्त्री विष्णु पौडेल पनि घाइते हुनुभएको छ ।
![](https://radionepalonline.com/wp-content/uploads/2025/02/belun-1024x557.png)
पोखरा भ्रमण वर्ष २०२५ को औपचारिक उद्घाटन गर्ने क्रममा स्विच थिचेर पानसमा बत्ती बाल्ने क्रममा बेलुन आगोमा परेर बेलुन पड्किँदा अर्थमन्त्री पौडेल र मेयर आर्चाय घाइते भएका हुन् ।
पोखरा प्रदर्शनी केन्द्रमा उद्घाटन गर्ने क्रममा बेलुनमा आगो लाग्दा झिल्का उनीहरुलाई परेको थियो । मेयरको गालामा आगोले पोलेको र अर्थमन्त्री सामान्य घाइते भएका छन् । अहिले दुवैलाई उपचारका लागि अस्पताल लगिएको छ ।
कार्यक्रमका प्रमुख अतिथि नेपाल सरकारका उपप्रधानमन्त्री तथा अर्थ मन्त्री विष्णु प्रसाद पौडेललाई पनि आगोको केही झिल्काले टिपेको छ । थप विवरण आउन बाकी
प्रतिक्रिया राख्नुहोस्