तपाईँ सुन्दै हुनुहुन्छः

प्रतिफल देखिने गरि काम गर्न मन्त्री अधिकारीको निर्देशन 

काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले कृषिमा भएको लगानीको प्रतिफल आउनुपर्ने बताउनुभएको छ । 

मन्त्रालयमा आज आयोजित मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा मन्त्री अधिकारीले  लगानीको प्रतिफलबिना उपलब्धी नदेखिने भएकाले यसलाई आधार  मानेर कार्य गर्न सम्बन्धित निकायलाई निर्देशन दिनुभयो ।

“हामीसँग विज्ञहरुको खाँचो  छैन, लामो समय कृषि क्षेत्रमा कार्य गरेका दक्ष जनशक्ति मन्त्रालयसँग छ, तथापि नतिजा आउन सकिरहेको छैन। चार्टले प्रगति देखाउन सकिरहेको छैन”, मन्त्री अधिकारीले भन्नुभयो  ।  

उहाँले कृषि कर्ममा लागेकाहरूलाई हामीले के दियौँ यही सोचेर कार्य गर्न जरुरी छ भन्नुभयो । कानुनी अवरोध हटाउँदै नतिजामुखी कार्य गर्न आफूले सहजीकरण गर्ने भन्दै मन्त्री अधिकारीले अझै बढी क्रियाशीलताले मात्र कृषि क्षेत्रमा लिएका लक्ष्य पुरा हुने भएकाले  यसतर्फ लाग्न कर्मचारीहरूलाई निर्देशन दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button