प्रधानमन्त्रीसँग नेपालका लागि फ्रान्सका राजदूतको शिष्टाचार भेट
![](https://radionepalonline.com/wp-content/uploads/2025/02/PM_OFC_WhatsAppImage2025-02-13at5.45.12PM-1024x683.jpg)
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि फ्रान्सका राजदूत भर्जिनिइ कोर्टेभालले आज शिष्टाचार भेट गर्नुभएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको भेटमा दुईपक्षीय सम्बन्ध र हितका विविध विषयका साथै आपसमा हुँदै आएको सहयोग आदानप्रदानलाई अभिवृद्धि गर्ने विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
भेटका अवसरमा परराष्ट्र मन्त्रालयका उच्चाधिकारीसहितको सहभागिता थियो । रासस
![](https://radionepalonline.com/wp-content/uploads/2025/02/PM_OFC_WhatsAppImage2025-02-13at5.45.13PM1-1024x683.jpg)
प्रतिक्रिया राख्नुहोस्