महिला समिति बैठक: सन्धि सम्झौता कार्यान्वयनमा सांसदहरूको जोड
![](https://radionepalonline.com/wp-content/uploads/2025/02/475983688_632931305879408_3856100900153821623_n-1024x686.jpg)
काठमाडौँ । प्रतिनिधिसभाका सांसदहरुले नेपालले पक्षराष्ट्र भएर गरेको अन्तर्राष्ट्रिय सन्धि सम्झौता कार्यान्वयनमा जोड दिनुभएको छ ।
सभाको महिला तथा सामाजिक मामिला समितिको आज सिंहदरबारमा बसेको बैठकमा सांसदहरुले संयुक्त राष्ट्रसङ्घीय महिलाविरुद्ध हुने भेदभाव उन्मूलन गर्ने समिति सिड कमिटीको आधारभूत सिफारिसमा उल्लेखित आदिवासी जनजाति किशोरीहरूका अधिकार जि ३९ कार्यान्वयनमा सरकारले ध्यान नदिएको गुनासो गर्नुभयो ।
![](https://radionepalonline.com/wp-content/uploads/2025/02/475990538_1370159737452889_8462259832994605829_n-1024x682.jpg)
आदिवासी जनजाति किशोरीहरूको सामाजिक सांस्कृतिक तथा प्रविधिलगायतका बुँदाहरू समेटिएको जि ३९ कार्यान्वयन नहुँदा त्यो समुदायका किशोरीहरू पछि परेका सांसदहरूको भनाइ रहेको थियो ।
बैठकमा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिव लक्ष्मीकुमारी बस्नेतले जि ३९ प्रभावकारीरुपमा कार्यान्वयन हुनु नसकेको स्वीकार गर्नुभयो ।
बैठकमा समितिका सभापति किरणकुमार शाहले सरकारले अन्तर्राष्ट्रिय रुपमा गरेका सम्झौताहरू कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो ।
प्रतिक्रिया राख्नुहोस्