तपाईँ सुन्दै हुनुहुन्छः

शंखरापुरमा स्कुल बस दुर्घटना हुँदा तीन जनाको मृत्यु, ४० जना घाइते

काठमाडौँ । काठमाडौँको शंखरापुर नगरपालिका–५ मा भएको स्कुल बस दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने ४० जना घाइते भएका छन् ।

आज बेलुका करिब ५ बजेको समयमा  शंखरापुर नगरपालिका वडा नं–५ कात्तिके स्थित साँखु, नगरकोट सडक खण्डमा बा २ ख ७९५८ नम्बरको बस दुर्घटना हुँदा तीन जनाको मृत्यु हुनाका साथै ४० जना घाइते भएका र घाइतेको उपचार भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता अपील राज बोहोराले जानकारी दिनु भयो ।

बस सत्य साई एकेडेमीका विद्यार्थी बोकेर पिकनिकबाट फर्किएको थियो । बस ब्रेक फेल भई अनियन्त्रित हुँदा सवारी दुर्घटना भएको प्रारम्भिक अनुसन्धानले देखाएको बोहोराले बताउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button