गड्डाचौकी भन्सारबाट ६ महिनाको २९ करोड २५ लाखबढी राजश्व सङ्कलन

कञ्चनपुर । कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीले चालु आर्थिक वर्षको ६ महिनामा २९ करोड २५ लाख १३ हजार राजश्व सङ्कलन गरेको छ ।
कार्यालयको चालु आर्थिक वर्ष २०८१/०८२ को कुल राजश्व लक्ष्य ७४ करोड ५ लाख रहेको छ । कार्यालयले आवको साउन देखि पुस मसान्तसम्म २९ करोड २५ लाख १३ हजार राजश्व सङ्कलन गरेको छ । कुल लक्ष्य को ३९.५० प्रतिशत हुन्छ ।
गत आर्थिक वर्ष २०८०/०८१ कञ्चनपुर भन्सार कार्यालयको राजश्व लक्ष ५९ करोड ६९ लाख ६ हजार रहेको थियो भने कार्यालयले ५४ करोड ३८ लाख ९१ हजार अथवा कुल राजश्वको ९१।१२ प्रतिशत राजश्व असुली गरेको तथ्याङ्कमा उल्लेख गरिएको छ ।
कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीका प्रमुख राजन बाबु काफ्लेले चालु आर्थिक वर्षको साउन देखि पुष सम्म कार्यालयले ३५ करोड ७ लाख ६९ हजार राजश्व तोकेको बताएका छन् । जसमध्य आश्विन र कार्तिक महिनामा नब्बे प्रतिशत राजश्व असुली गर्ने लक्ष्य रहेको बताए । भने सो मध्य २९ करोड २५ लाख १३ हजार कुल राजश्वको ३९.५० प्रतिशत सङ्कलन भएको जानकारी दिनु भएको छ।
जुन लक्ष्य अनुसारको १५ प्रतिशत असुलीमा कमी देखिन्छ । प्रमुख काफ्लेले प्रत्येक चालु आर्थिक बर्ष कार्यालयले राजश्व सङ्कलनको दायरा बढाउँदै गएको बताए । तर सरकारले गड्डाचौकी सिमानाकाको समस्यालाई नजर अन्दाज नगर्दा लक्ष्य अनुसारको राजश्व सङ्कलन हुन नसकेको बताए ।
सीमित व्यापारी, जीर्ण बन्दै गइरहेको बनबसा पुल,जसमा मालवाहक ठुला सवारी साधन आवत –जावतमा कठिनाइ जस्ता झन्झटिलो समस्याले गर्दा व्यापारीहरूले यो नाका कम प्रयोग गर्छन्, त्यसैले गर्दो राजश्व सङ्कलनमा गिरावट आएको बताए ।
त्यस्तै सावन महिनाको लक्ष्य ५ करोड ६६ लाख रहेको थियो भने ४ करोड २६ लाख ६६ हजार सङ्कलन भएको छ भाद्रमा ६ करोड २२ लाख ८ हजार लक्ष्य थियो भने ४ करोड ९२ लाख २२ हजार सङ्कलन, असोजमा महिनामा ५ करोड ९० लाख १८ हजार लक्ष्य रहेको थियो भने ५ करोड ३९ लाख ६४ हजार राजश्व सङ्कलन,कार्तिक महिनाको राजश्व लक्ष्य ५ करोड ९० लाख १ हजार रहेको थियो भने ५ लाख ३३ लाख ६ हजार सङ्कलन, मङ्सिर महिनामा लक्ष्य ६ करोड ६ लाख ६३ हजार रहेको थियो भने ४ करोड ६७ ८६ हजार सङ्कलन,पौष महिनाको लक्ष्य ६ करोड दुई लाख १६ हजार रहेको थियो भने ४ करोड ६३ लाख १० हजार राजश्व सङ्कलन गरेको तथ्याङ्कमा उल्लेख गरिएको छ ।
प्रमुख काफ्लेका अनुसार कञ्चनपुर भन्सार कार्यालयबाट तरकारी,फलफूल,गुड,मिस्री,कपडा,हार्डवेयरका समान लगायत कृषिजन्य सामाग्रीहरू भन्सार कार्यालयबाट आयात हुने गर्दछ। यसै गरी निर्यात हुने समान मध्ये रिठा र हस्तकलाका सामाग्री भारत निर्यात हुने गरेका छन् ।
प्रतिक्रिया राख्नुहोस्