तपाईँ सुन्दै हुनुहुन्छः

रुकुम पूर्वको स्याला सुर्पामा पहिलोपटक बिजुली पुग्याे

रुकुम पूर्व । रुकुम पूर्वको स्याला सुर्पा भन्ने गाउँमा पहिलोपटक बिजुली बत्ती बलेको छ । जिल्लाको भूमे गाउँपालिका वडा नम्बर ६ मा पर्ने स्याला सुर्पा गाउँमा पहिलो पटक नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय प्रसारण लाइन पुगेको हो ।

अहिलेसम्म पनि बिजुली नपुगेको उक्त गाउँमा ५० KVA को ट्रान्सर्फमर जडान गरि करिब ६० वटा घरधुरीमा बत्ती बाल्न सफल भएको नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र रुकुम पूर्वका कार्यालय प्रमुख प्रमोद खनालले जानकारी दिनुभएको छ । प्रमुख खनालका अनुसार भूमे गाउँपालिका वडा नम्बर ८ कोर्जामा पनि त्यहाँको बत्ती भरपर्दो नभए पछि सोही ट्रान्सफर्मरबाटै करिब १ सय घरधुरीलाई पुग्ने गरि लाइन बिस्तार गरि प्राधिकरणको लाइन पुर्‍याइएको छ ।

पछिल्लो समय रुकुम पूर्वको विभिन्न गाउँहरूमा नेपाल विद्युत् प्राधिकरणको लाइन विस्तारको काम भइरहेको भए पनि BIE आयोजना अन्तर्गत सालासार र इथोस कम्पनीहरूले काममा ढिलासुस्ती गर्दा सवस्टेशन तथा विद्युतको लाइन विस्तारको काममा ढिलाइ भइरहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button