जानकी गाउँपालिकाको १७औं गाउँसभामा नगर प्रहरी ऐन, २०८१ पारित
बाँके। बाँकेको जानकी गाउँपालिकाको १७औं गाउँसभा सम्पन्न भएको छ। गाउँपालिकाका अध्यक्ष छब्बन खाँको सभाध्यक्षतामा भएको गाउँसभाले स्थानीय सरकार संचालन ऐन २०७४ को मर्म अनुसार चालु आर्थिक वर्षको २०८१/०८२ को योजना कार्यक्रम र बजेट संशोधन, रकमान्तर तथा जानकी गाउँपालिका नगर प्रहरी ऐन, २०८१ पारित गरेको छ।
गाउँसभाबाट ऐन पारित भएसँगै नगर प्रहरी नियुक्तिको प्रक्रिया शुरू गर्नको लागि मार्ग प्रशस्त भएको छ। यसअघि, गाउँपालिकामा नगर प्रहरीको व्यवस्था थिएन।
गाउँसभामा पालिकाका अध्यक्ष छब्बन खाँ, उपाध्यक्ष रामप्यारी यादव, प्रमुख प्रशासकिय अधिकृत नर वहादुर विक, वडाका अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, वडा सदस्यहरु, पालिकाका विभिन्न शाखाका प्रमुखहरु लगायत कर्मचारीहरु उपस्थित थिए।








प्रतिक्रिया राख्नुहोस्