गणतन्त्र लाओका लागि गैरआवासीय राजदूतमा धनबहादुर वली नियुक्त
काठमाडाैँ । राष्ट्रपति रामचन्द्र पौडेलले धनबहादुर वलीलाई जनवादी प्रजातान्त्रिक गणतन्त्र लाओका लागि नेपालको गैरआवासीय राजदूतमा नियुक्त गर्नुभएको छ ।
नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा थाइल्यान्डका लागि नेपालका आवासीय राजदूत वलीलाई लाओका लागि नेपालका गैरआवासीय राजदूत पदमा नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ।
![](https://radionepalonline.com/wp-content/uploads/2025/02/10-29__गैरआवासीय-राजदूत-नियुक्ति_2081_Scan_20250211-1-744x1024.jpg)
प्रतिक्रिया राख्नुहोस्