शैक्षिक क्षेत्रको समग्र विकासका लागि सबै क्रियाशील हुनुपर्ने सांसद राठौरको भनाई

बाँके । श्री जनता माध्यमिक विद्यालय पूर्व विद्यार्थी समाजको तेस्रो साधारण सभा सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि बाँके क्षेत्र नम्बर ३ का सांसद किशोर सिंह राठौरले शैक्षिक क्षेत्रको समग्र विकासका लागि सबै क्रियाशील हुनुपर्ने बताउनु भयो ।
राठौरले भारतमा गणतन्त्र आएको ७५ वर्ष पुग्दा पनि जनताले चाहेको जति परिवर्तनको अनुभूति गर्न नसकेको बताउँदै नेपालमा गणतन्त्र आएको थोरै समयमा गाउँ बस्तीमा विकासको लहर पुगेको बताउनु भयो । उहाँले युरोप अमेरिका भन्दा बढी नेपालमा महिलाहरूले अधिकार पाएको बताउनु भएको थियो ।
हामी नेपालमा बसेर युरोप अमेरिकाको कुरा मात्र गरेर हुँदैन हामी त्यहाँ गएपनि आफु जन्मेको देशका लागि केही गर्नु पर्छ भन्ने भावना विकास गर्नु राठौरले धारणा राख्नु भएको थियो ।
उहाँले जन्म लिए पछि आफ्नो जीवनलाई कसरी सार्थक बनाउने भन्ने र आफ्नो जिम्मेवारी र दायित्व पुरा गर्नु पर्ने अवस्था बुझ्नु पर्दछ । हाम्रो तुलना दक्षिण एशियाली देशसँग गर्दा हाम्रो यहाँ केही नभएको भन्ने अवस्था छैन धेरै कुरा भएका छन् र धेरै हुन बाँकी रहेको बताउनु भयो ।
कार्यक्रममा बोल्दै नरैनापुर गाउँपालिकाका अध्यक्ष शैयद इश्तियाक अहमद शाहले तिन करोड जनसङ्ख्या भएको नेपाललाई नेताहरूले बरबाद बनाएको टिप्पणी गर्दै भन्नुभयो काम भन्दा भाषणमा रमाउने भएकोले देश दलदलमा फसेको बताउनु भयो ।
उहाँले भन्नुभयो, अव हामीले काम गर्ने वेला आएको छ, मैले नरैनापुर गाउँपालिकामा दिन रात काम गरेर नरैनापुर सम्म बिजुली, बाटो पुर्याएको छु । नेताहरूले कुरा गर्न छोडेर काम गर्नु पर्दछ र यो देशलाई स्वर्ग बनाउन सकिन्छ । मलाई यस विद्यालयलाई केही सहयोग आवश्यकता भए आफू सधैँ सहयोगको लागि तयार रहेको बताउनु भयो ।
कार्यक्रममा खजुरा गाउँपालिका प्रमुख डम्बर बि.क. तुफान र नरैनापुर गाउँपालिका प्रमुख इस्तियाह अहमद शाह, खजुरा पालिका उपप्रमुख मञ्जु मल्ल, नेपाल रेडक्रस सोसाइटी बागेश्वरी उपशाखा सभापति जीवनाथ सापकोटा, खजुरा गापा ३ नम्बर वडा अध्यक्ष पूण बहादुर भण्डारी, बास नेपालका कार्यकारी निर्देशक नमस्कार शाह लगायतले बोल्नु भएको थियो ।
त्यसैगरी समाजले पूर्व विद्यार्थी समाजको तेस्रो स्थापना दिवसको अवसरमा सहयोग गर्नु हुने क्लीन नेपालगन्ज ग्रिन नेपालगन्जका प्रमुख डाक्टर विनोद कर्ण, प्रादेशिक रक्तसञ्चार केन्द्रका प्रमुख उपेन्द्र रेग्मी र नेपाल ब्रिटेन कान सामुदायिक सेवा केन्द्रका प्रमुख रामबहादुर वोहारालाई सम्मान गरिएको थियो ।
यसैगरी जिल्लामा उत्कृष्ट जनमुखी सेवा प्रदान गरी जनप्रिय जनप्रतिनिधिको रुपमा आफ्नो पहिचान बनाएको भन्दै नरैनापुर गाउँपालिकाका अध्यक्ष शैयद इस्तियाक अहमद शाहलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा पूर्व विद्यार्थी समाजका अध्यक्ष झविलाल शर्माले समाजको बारेमा समीक्षात्मक सम्बोधन गर्दै समाजले विद्यार्थीहरूलाई विद्यालयमा आर्थिक कारणले पढ्नको लागि समस्या भए त्यसको लागि पूर्व विद्यार्थी समाजले आगामी दिनहरूमा सहयोग गर्दै जाने बताउनु भयो ।
अध्यक्ष शर्माले विद्यालयको लागि अर्को साधारण सभा तथा अधिवेशनमा विद्यालयका लागि बस उपहार दिने घोषणा गर्नु भयो । साधारणसभामा विद्यालयको बस खरिदका करिब ४ लाख बढी रकमको सहयोग प्राप्त भएको थियो ।
प्रतिक्रिया राख्नुहोस्