तपाईँ सुन्दै हुनुहुन्छः

अर्थोपेडिक अस्पतालको निःशुल्क स्वास्थ्य शिविरबाट १२५ जना लाभान्वित

बाँके । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका ६ जिल्लाका विपन्न परिवारलाई लक्षित गर्दै निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

नेशनल अर्थोपेडिक हस्पिटलको आयोजनामा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरबाट ६ जिल्लाका विपन्न नागरिकले सेवा पाएका हुन् । शिविरमा दैलेख, कालीकोट, सुर्खेत, बाँके, अछाम लगायत जिल्लाका हाडजोर्नी सम्बन्धी विभिन्न समस्या भएका एक सय २५ जनाले निःशुल्क परीक्षण तथा ५ जनाले निःशुल्क अप्रेसन सेवा पाएको विशेषज्ञ डा. शैयद सद्दाम हुसैनले बताउनुभयो ।

आर्थिक अभावमा काठमाडौँसम्म उपचार गर्न नसकेर बिरामी अवस्थामै घरमा बस्नुपर्ने बाध्यतालाई मध्यनजर गर्दै जिल्लामै निःशुल्क शिविर आयोजना गरिएको अस्पतालका सञ्चालक एवं हाडजोर्नी नशा रोग विशेषज्ञ डाक्टर सद्दामले बताउनुभयो ।

नेशनल अर्थोपेडिक हस्पिटलले नागरिकहरूको माग बमोजिमको निःशुल्क स्वास्थ्य परीक्षण गर्दै आएको छ भने अतिविपन्न नागरिकहरूलाई निःशुल्क रुपमा उपचार गर्दै आएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button